अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको १४ औँ महाधिवेशनबारे थप छलफल हुने

कांग्रेसको १४ औँ महाधिवेशनबारे थप छलफल हुने


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको सन्दर्भमा बिहीबार केन्द्रीय कार्यसमितिमा छलफल गरेको छ ।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार १४ औं महाधिवेशन र यससँग सम्बन्धित अन्य निर्वाचनका सम्बन्धमा प्रस्तावित कार्यतालिकाबारे छलफल भएको हो ।

असार १२ गतेबाट स्थानीय तहको निर्वाचन सुरु गर्ने र जेठ २९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले तय गरेको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने तयारीबारे बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो । तथापि, निर्वाचनलगायतका कार्यतालिकाका सम्बन्धमा आगामी दिनमा थप छलफल गरिने उहाँले बताउनुभयो ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को महामारी र देशमा पछिल्लो समय वर्षा मनसुन सुरु भएसँगै विभिन्न क्षेत्रमा भएको वाढी र पहिरो लगायतका प्राकृतिक विपद्का बावजुद पनि १४ औं महाधिवेशन सम्पन्न गर्ने मनसाय देखिएको काँग्रेस नेता महतले बताउनुभयो ।

कोभिड-१९ महामारीको शिलशिलामा पनि काँग्रेसका नेता, कार्यकर्ताहरू राहतमा जुटेको विषयमा पनि बैठकमा छलफल भएको नेता महतले जानकारी दिनुभयो ।

साथै, बाढी र पहिरोलगायतका प्राकृतिक विपदबाट पीडितहरूको उद्धार तथा राहतमा संघ, प्रदेश र केन्द्र तीनै तहका सरकार तत्काल जुट्न समेत बैठकले आव्हान गरेको उहाँले बताउनुभयो ।