अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारमा सहभागी ९ मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र समूहको निर्णय

सरकारमा सहभागी ९ मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र समूहको निर्णय


काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्षको बैठकले पार्टीको निर्णय विपरीत वर्तमान सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

आज बसेको कार्यकारिणी समिति बैठकले सो निर्णय गरेको हो ।

साथै, बैठकले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने, लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्नेसमेत निर्णय गरेको छ ।

बैठकले चुरे दोहन गर्न नहुने निष्कर्षसमेत निकालेको छ ।

त्यस्तै, बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिनुका साथै, पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।