अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवाद समाधानका लागि छलफल गर्न एमाले कार्यदलको बैठक बस्दै

विवाद समाधानका लागि छलफल गर्न एमाले कार्यदलको बैठक बस्दै


काठमाडौं- नेकपा (एमाले)भित्रको विवाद समाधानका लागि एमाले कार्यदलको बैठक बस्ने भएको छ । बैठक आज साँझ ललितपुरको समिट होलटमा बस्न लागेको हो ।

सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध भनेपछि पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलमा रहेका दुवै समूहका नेताहरू सक्रिय भएका छन् ।

छलफलमा संस्थापनतर्फका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुनेछन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ३ जेठ २०७५ को अवस्थामा फर्किन तयार रहेको भन्दै पार्टी एकताका लागि अपिल जारी गर्नु भएको थियो ।