अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र प्रचण्डसँग गठबन्धन बनाउँदा पार्टीभित्रै देउवा आलोचित

माधव नेपाल र प्रचण्डसँग गठबन्धन बनाउँदा पार्टीभित्रै देउवा आलोचित


काठमाडौं– माधव नेपाल र प्रचण्डसहितको विपक्षी गठबन्धन बनाउँदा पार्टीभित्रै सभापति शेरबहादुर देउवा आलोचित हुनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवालाई केन्द्रीय सदस्य महेश आचार्यलाई गठबन्धनको औचित्य पुष्टि गर्न चेतावनी दिनुभयो ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा आचार्यले विपक्षी गठबन्धनमाथि प्रश्न उठाउनुभएको थियो । ‘कहिले गठबन्धन त कहिले पूर्वप्रधानमन्त्रीहरुको नाममा संयुक्त वक्तव्य आइरहेको छ,’ आचार्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘यस्तो महत्त्वपूर्ण विषय पार्टीमा छलफल गर्नुपर्दैन ?’

देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेलको दबाबमा आफूले नचाहेर पनि प्रधानमन्त्रीको उम्मेदवार बन्नुपरेको संकेट गर्नुभएको थियो । उहाँले गठबन्धन बनाएपछि साझा धारणा आउनु स्वभाविक भएको प्रष्टीकरण दिनुभएको थियो ।