अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

समिट होटलमा हिजो साँझ एमाले कार्यदलको बैठक दुई घण्टा

समिट होटलमा हिजो साँझ एमाले कार्यदलको बैठक दुई घण्टा


काठमाडौं– नेकपा एमाले भित्र सहमतिको विन्दु पहिल्याउन बिहीबार साँझ पनि करिब दुई घण्टा  बैठक भएको छ ।

संस्थापनतर्फबाट कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार हिजो समिट होटलमा साँझ साढे ६ बजे देखि दुई घण्टा छलफल भएको हो । ‘सहमतिको विन्दु पहिल्याउन र पार्टीलाई एकतावद्ध बनाएर लैजान हामी निरन्तर लागेकै छौं,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘धेरै कुरामा सहमति भएको छ । सबै सहमति एकमुष्ट रुपमा बाहिर आउँछन् । छलफलको क्रममा रहेकाले अहिले धेरै कुरा भन्न मिल्दैन ।’

आफूहरुले बनाउँदै गरेको सहमति पार्टीभित्रैबाट कसैले भत्काउने प्रयास पनि गरिरहेकोले छलफलले धेरै समय लिएको नेम्वाङले बताउनुभयो । तर कसले कसरी पार्टी मिल्न अवरोध गरिरहको छ भन्ने कुरा उहाँले खुलाउनुभएन ।