अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुनर्बहालीको परामर्शका लागि प्रभू साह र टोपबहादुर रायमाझी निर्वाचन आयोगमा

पुनर्बहालीको परामर्शका लागि प्रभू साह र टोपबहादुर रायमाझी निर्वाचन आयोगमा


काठमाडौं– नेकपा एमालेका नेताद्वय प्रभू साह र टोपबहादुर रायमाझी पुनर्बहालीको परामर्शका लागि निर्वाचन आयोग जानुभएको छ ।

संसद् पुनर्स्थापना भएको अवस्थामा पुन: सांसद पदमा पुनर्बहाली हुने कानूनी आधारहरु खोज्न दुई नेता आयोग जानुभएको हो । उहाँहरुले आयोगका आयुक्त तथा कानून अधिकृतसँग परामर्श लिनुभएको छ ।

तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएका साह र रायमाझीले सर्वोच्च अदालतले नेकपा विघटन गर्दै माओवादी र एमाले ब्यूताँएपछि एमाले रोज्नुभएको थियो । एमाले प्रवेश गरेलगत्तै माओवादी केन्द्रले दुवैको सांसद पद खारेज गरेको थियो ।

लुम्बिनी र कर्णालीमा पार्टीबाट निकालिएका सांसदहरु पुनर्बहाली भएकाबेला साह र रायमाझीले पनि कानूनी प्रमाण र नजिर जुटाउने प्रयास गर्नुभएको हो ।