अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको आधिकारिकता दावी गर्दै यादव,३० जनाको हस्ताक्षर लिएर आयोगमा

जसपाको आधिकारिकता दावी गर्दै यादव,३० जनाको हस्ताक्षर लिएर आयोगमा


काठमाडौं -जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दावी गरेको छ ।
यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आज आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गर्नुभएको हो । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेको हो ।