अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१३ हजार ३७ परीक्षणमा २७ सय ६८ मा कोरोना

१३ हजार ३७ परीक्षणमा २७ सय ६८ मा कोरोना


काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा २७ सय ६८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा अहिलेसम्म पीसीआरमार्फत ६ लाख १७ हजार ९४७ र एन्टिजेन विधिमार्फत २४ हजार ८६१ जनामा कोरोना संक्रमण देखिए छ । आज देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ ।

आज ४ हजार २० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ४९ हजार ५८२ पुगेको छ ।

आज थप ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजा ६४१ पुगेको छ ।