अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समिटमा आज पनि एमाले नेताको वार्ता

समिटमा आज पनि एमाले नेताको वार्ता


काठमाडौं– नेकपा एमालेको एकता जोगाउन दोस्रो पुस्तका नेताहरुको सक्रियता आज पनि देखिएको छ ।

ललितपुरको समिट होटलमा नेकपा एमालेको एकता कायम गर्ने प्रयासमा दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको हो ।

वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल र माधव नेपाल(झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी हुनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउन गर्नुभएको आहवान र सर्वोच्चको फैसलापछि मिलनविन्दु पहिल्याउन सहज भएको वार्तामा सहभागी नेताहरुको भनाइ छ ।