अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी गठबन्धन छाड्न देउवाद्वारा अस्वीकार

विपक्षी गठबन्धन छाड्न देउवाद्वारा अस्वीकार


काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धन छाड्न अस्वीकार गर्नुभएको छ ।

केन्द्रीय समितिको बैठकमा महेश आचार्य लगायतले गठबन्धनको बैधानिकतालगायतका विषयमा प्रश्न उठाए पनि देउवाले अस्वीकार गर्नुभएको छ । बैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाएका थिए भने डा। शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।