अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्चीमा फेरि बढ्यो बाढी, तीन दिनअघिको भन्दा ठूलो भएको स्थानीयको दाबी

मेलम्चीमा फेरि बढ्यो बाढी, तीन दिनअघिको भन्दा ठूलो भएको स्थानीयको दाबी


काठमाडौं– मेलम्ची नदीमा फेरि बाढी आएको छ । स्थानीय युवा डम्बर भारतीका अनुसार तीन दिनअघिको भन्दा बाढी ठूलो छ । ‘गएको भन्दा तीन चार मिटर माथि जस्तो देखिन्छ,’ उनले नेपाली बहससँग भने ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बाढी आएकाले प्रभावित क्षेत्रमा सूचना प्रवाह गरेको जनाएको छ ।

मेलम्ची क्षेत्रमा पानी नपरे पनि माथिबाट ढुंगा र माटोसहितको लेदो आएर नदी बढेको छ ।

यसैबीच तिब्बततर्फ भारी वर्षसँगै पहिरोका कारण नदी थुनिएको छ । तामाकोसीमा बाढी आउन सक्ने भन्दै प्रशासनले सचेत गराएको दोलखाका पत्रकार प्रभू जिरेलले जनाएका छन् ।