अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन


दोलखा- पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोलीलाई परिचालन गरिएको छ । गएराति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो ।

पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको हो ।

पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको प्रजि घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ । उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ ।’