अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले थुनिएको मर्स्याङ्दी बग्न थाल्यो

पहिरोले थुनिएको मर्स्याङ्दी बग्न थाल्यो


मनाङ- पहिरो खस्दा थुनिएको मर्स्याङ्दी नदी बग्न थालेको छ । केहीबेर थुनिने र खुलाउने गर्दागर्दै अहिले दायाँपट्टी च्याप्दै मर्स्याङ्दी बग्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

हुम्डे विमानस्थलको उत्तरी भागदेखि डेढसय मिटरमाथि रहेको थुम्का खसेपछि नदी थुनिएको थियो । प्रशासनका अनुसार मनाङको हुम्डेमा मर्स्याङ्दी आधा घण्टा थुनिएको हो ।

हुम्डेमा बाढीले दायाँपट्टी लो-फेलिङ स्कुलतर्फ च्याप्दै लगेको छ । दायाँबाट पहिरो खस्न थालेको जनाइएको छ ।

प्रशासनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पानी खुलाउने प्रयास भइरहेको छ ।