अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख सापकोटाद्वारा बाढीपहिराको जोखिम बस्तीलाई स्थानान्तरण गर्न माग

सभामुख सापकोटाद्वारा बाढीपहिराको जोखिम बस्तीलाई स्थानान्तरण गर्न माग


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवम् जोखिममा परेका स्थानीबासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

गएरातिको अविरल वर्षाले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्‍याएको थियो । उहाँले टेलिफोनमार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित बसोबास एवम् बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्बाङको ध्यानाकर्षण गराउनुभएको हो ।

यसपछि आज नै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । सो अवसरमा महानिर्देशक थापाले केही दिनभित्रै सडक सुचारु गरिने जानकारी दिनुभयो ।

भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तर्गतका सडक ठाउँठाउँमा भासिएको छ ।