काठमाडौं- असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म २३ जना बेपत्ता भएका छन् ।
गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै चार महिलासहित २३ जना बेपत्ता भएका जनाएको हो । बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक पनि हुनुहुन्छ ।
बाढीमा परी बेपत्ता हुनेहरूको संख्या अझ बढ्न सक्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै, गाउँपालिकाले पहिरो र बाढी आउने सम्भावना कायमै रहेको भन्दै सतर्क हुन अपिल गरेको छ ।
हेलम्बु-१ स्थित सेमेसिदाङ हिमालमुनी रहेको भेमाथाङ्ग चौरमा पहिरो खसेपछि मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको जानकारी विपद् विज्ञ डा. रविनराज निरौलाबाट प्राप्त भएको गाउँपालिकाले जनाएको हो ।
बेपत्ता हुनेको सूची :
प्रतिक्रिया