काठमाडौं- मिशन रिविल्ड नेपालले सिन्धुपाल्चोकका बाढी पीडितका लागि राहत प्याकेज हस्तान्तरण गरेको छ । रिविल्ड नेपालले सिन्धुपाल्चोकका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट पीडितका लागि १ सय बोरा चामल हस्तान्तरण गरेको हो ।
सो राहत प्याकेज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिएको मिशन रिविल्ड नेपालका कार्यवाहक अध्यक्ष युवराज शर्माले जानकारी दिनुभयो ।
रिविल्ड नेपालले २०७२ सालको भूकम्पमा पनि क्षतिग्रस्त ८ सय ५० घर तथा विद्यालय पुनःनिर्माण गरेको थियो ।
यही असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकमा ठूलो नोक्सानी गरेको छ । जिल्लाको मेलम्ची, हेलम्बुलगायत स्थानमा बाढीपहिरोबाट ठूलो भौतिक तथा मानविय क्षती पुगेको हो ।
प्रतिक्रिया