काठमाडौं- पानी पर्ने क्रम केही दिन देखि रोकिएको भए पनि आजबाट देशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।
मौसमपूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका विभिन्न भागमा ठूलो पानी पर्ने भएको हो ।
मौसमपूर्वानुमान महाशाखाकी मौसमविद्ध मञ्जु बासीका अनुसार प्रदेश नं १ ,२, बागमती र लुम्बिनी प्रदेशको पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया