अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा तीन दिनदेखि फोहोर उठ्न छाड्यो

काठमाडौंमा तीन दिनदेखि फोहोर उठ्न छाड्यो


काठमाडौं– काठमाडौँ महानगरपालिकाले घरका फोहोर केही दिन घरमै व्यवस्थापन गर्न महानगरवासीलाई अनुरोध गरेको छ । लगातारको झरीका कारण नुवाकोटस्थित सिसडोल पुग्ने बाटो अवरुद्ध भएकाले तीन दिन यता काठमाडौँका सडकबाट फोहोर उठाउन नसकिएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले बाटो बनाउने कार्य भइरहेको र केही दिनमै फोहोर व्यवस्थापन नियमित गरिने बताउनुभयो । सिसडोलमा १३ वर्षयता ३० लाख टन फोहोर सिसडोलमा व्यवस्थापन भइसकेको छ । अहिले वर्षाले बाटो बिग्रिएकोले फोहोर बोकेका ट्रक नुवाकोटको बाटोमै छन् ।

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीका अनुसार फोहोर व्यवस्थापनका लागि सफाइ मजदुर तथा नगरपालिकाको फोहोर व्यवस्थापन शाखा कटिबद्ध रूपमा लागि रहेका छन् ।