अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहरी विकास मन्त्रालयमा तीन वर्षमा सात मन्त्री

सहरी विकास मन्त्रालयमा तीन वर्षमा सात मन्त्री


काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सरकार पटक पटक पुनर्गठन हुँदा सहरी विकास मन्त्रालयको नेतृत्व भने अस्थिर भएको छ ।

सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो । २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय प्रधानमन्त्रीले नै राख्नुभयो । २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो। १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री हुनुभयो ।

बाँस्कोटाले २०७६ फागुन ८ गते राजीनामा दिएपछि वसन्त नेम्वाङ उक्त मन्त्रालयको जिम्मेवारीमा आउनुभयो । नेम्वाङपछि कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री हुनुभयो । त्यसपछि २०७७ असोजमा प्रभु साहले उक्त मन्त्रालयको जिम्मा लिनुभयो । हाल राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हालिरहनुभएको छ । प्रधानमन्त्री ओलीलाई समेत जोड्दा तीन वर्ष चार महिनाको अन्तरालमा सहरी विकासमा सातपटक मन्त्री फेरिएका छन् ।