अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाइयो

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाइयो


काठमाडौं– पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ । ‘अक्सिजन सपोर्ट हटाइएको छ,’ उहाँले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।’

चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराईले दिएको जानकारी अनुसार अहिले ज्वरो र खोकी हटिसकेको छ ।

स्वास्थ्य समस्या भएपछि खनाललाई असार २ गते उपचारका लागि अपोलो अस्पताल दिल्ली लगिएको थियो ।