अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री र सात प्रदेशका आन्तरिक मामिला मन्त्रीबीच छलफल

गृहमन्त्री र सात प्रदेशका आन्तरिक मामिला मन्त्रीबीच छलफल


काठमाडौं- गृहमन्त्री खगराज अधिकारी र सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको बैठक बसेको छ । बैठक आज सिंहदरबारमा बसेको हो ।

गृहमन्त्री अधिकारीले विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूलाई काठमाडौं बोलाउनुभएको हो ।

बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी हुनुहुन्छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री अधिकारी र तीन सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नु भएको थियो ।