अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङबाट १८ केजी गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ

मोरङबाट १८ केजी गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ


मोरङ- लागुऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न तीन भारतिय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज-१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका-१ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका-१३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई रहेका छन् ।

त्यस्तै, भारतीय नागरिक भारत अररिया फार्बिजगन्जका १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरूको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय रुपैयाँ, भारतीय नगद २ हजारलगायत विभिन्न कम्पनीको ६ थान मोबाइलसमेत बरामद गरेको छ ।

प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागुऔषध गाँजा ओसारपसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुती भेन र उनीहरूले विराटनगर महानगरपालिका-६ रामपुरस्थित झाँडीमा लुकाईछिपाई राखेको १८ केजी गाँजासमेत फेला पारी बरामद गरेको छ ।

पक्राउ परेकामध्ये सूर्य राई भने चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जना उपर लागुऔषध कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।