अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रसंघीय बैठकलाई परराष्ट्रमन्त्रीको सम्बोधन : आर्थिक सहायताको प्रतिबद्धता पूरा गर्न विदेशी साझेदारलाई आग्रह

राष्ट्रसंघीय बैठकलाई परराष्ट्रमन्त्रीको सम्बोधन : आर्थिक सहायताको प्रतिबद्धता पूरा गर्न विदेशी साझेदारलाई आग्रह


काठमाडौं- अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोगको प्रतिबद्धता जनाए पनि पूरा नभएको भन्दै नेपालले विकास साझेदारहरूलाई पुनः स्मरण गराएको छ ।

नेपालले अतिकम विकसित राष्ट्रमा विकासका लक्ष्य पूरा गर्न लगानी अभाव हुन नदिन साझेदारहरूलाई आग्रह गरेको हो । अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको राष्ट्रसंघस्थित नेपाली नियोगले जनाएको छ ।

राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई भर्चुअल सम्बोधन गर्दै परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभयो ।

अल्पविकसित देशहरूको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरूबाट लगानी हुनुपर्ने परराष्ट्रमन्त्री महासेठको भनाई थियो ।

विकाशसिल मुलुकमा नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउँदै मन्त्री महासेठले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोेतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने समेत बताउनुभयो । राष्ट्रसंघको चालू महासभाबाट नेपाल विकासशिल मुलुकमा स्तरोन्नती हुने प्रस्ताव अनुमोदन हुने तयारीमा छ ।