धनगढी- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।
प्रदेश सरकारले बजेट एवं योजना तर्जुमाको रातो किताब वितरणमा ढिलाइ हुँदा प्रदेशसभाको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो ।
आज दिउँसो ३ बजे बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो । प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो ।
प्रतिक्रिया