काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । १० हजार ९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, गएको २४ घण्टामा ३ हजार ४५६ जना डिस्चार्ज हुँदा ५१ संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा आज ५४८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ५५ हजार ५३२ सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया