काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्याइएको छ ।
आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागू हुनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया