अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातै प्रदेशका कानूनमन्त्रीलाई गृहमन्त्रीको निर्देशन : विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनू

सातै प्रदेशका कानूनमन्त्रीलाई गृहमन्त्रीको निर्देशन : विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनू


काठमाडौं- गृहमन्त्री खगराज अधिकारीले विपद् व्यवस्थापन, कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूसँग छलफल गर्नु भएको छ ।

मन्त्री अधिकारीले आज सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूसँग छलफल गर्नु भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री र प्रदेशका कानुनमन्त्रीहरूबीच मनसुन पूर्वतयारी र यसको व्यवस्थापनको सम्बन्धमा, शान्ति सुरक्षा र कोभिड-१९ को व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि छलफल भएको हो ।

छलफलमा गृहमन्त्री अधिकारीले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो ।

छलफलमा मन्त्रीहरूले विपद् प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र छिटो उद्धार गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

‘प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री ज्यूहरूले शान्ति, सुरक्षाको सन्दर्भमा, कोभिड व्यवस्थापनको सम्बन्धमा भएका प्रयास र अहिलेको विपत प्रतिकार्य योजना कार्यान्वयनको सन्दर्भमा भएका प्रयासहरूको बारेमा विस्तृत रूपमा छलफल भयो । यो विपदलाई कसरी चुस्त दुरुस्त ढंगले प्रतिकार्यलाई कार्यान्वयनमा ल्याउन सकिन्छ र छिटो उद्धार, राहतमा जुट्न सकिन्छ यो विषयमा ध्यान जानुपर्ने कुरा राख्नुभयो । यस विषयमा प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री ज्यूहरूबाट प्राप्त सुझावलाई ध्यानमा राखेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, समन्वयलाई बढाउने भन्ने सन्दर्भमा आजको छलफल केन्द्रीत रहेको थियो,’ प्रवक्ता दाहालले भन्नुभयो ।