अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजनको सपोर्ट हटाइयो

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजनको सपोर्ट हटाइयो


काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले) का वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ ।

खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।