अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु

मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु


सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको हो ।

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदी कटान रोक्नका लागि स्काभेटर लिएर जाँदै हुनुहुन्थ्यो । मेलम्ची नगरपालिका-१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुलाल मेलम्ची नगरपालिका-१ का स्थानीय हुनुहुन्थ्यो ।