अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका चार सांसदको निष्काशन सम्बन्धी मुद्दा पूर्ण इजलासमा

जसपाका चार सांसदको निष्काशन सम्बन्धी मुद्दा पूर्ण इजलासमा


काठमाडौं- लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको निष्काशनसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले जनता समाजवादी पार्टीका लम्बिनी प्रदेश सभाका सांसदको रिटको मुद्दा असार २१ गते बस्ने पूर्ण इजलासबाट गर्ने गरी पठाउने निर्णय गरेको हो ।

‘यसमा प्रत्यर्थी प्रदेश निर्वाचन आयोग लुम्बिनीको दिखित जवाफ म्याद भित्र पेश नभएको र अन्य प्रत्यथीहरुका तर्फबाट लिखित जवाफ पेश भइसकेको देखिँदा सुनुवाइका लागि पेश गर्नु,’ न्यायाधीशद्वाय द्वारा जारी आदेशमा भनिएको छ ।

असार २ गते निलम्बित चार सांसदहरूको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । जसपा संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई वैशाख १५ गते प्रदेश सभा सदस्यबाट निष्कासन गरेको थियो । त्यसविरुद्ध चारै जना सांसद सर्वोच्च पुगेका थिए ।

निलम्बित चारै जना सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।