अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २२९७ जनामा कोरोना पुष्टि, ३१३० जना संक्रमणमुक्त

आज २२९७ जनामा कोरोना पुष्टि, ३१३० जना संक्रमणमुक्त


काठमाडौं- गत २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।

हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ८ हजार ७७२ जनाको मृत्यु भएको छ ।