काठमाडौं- नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले प्रेस चौतारी नेपाललाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड-१९ रोकथामका लागि आवश्यक स्यानिटाइजर, मास्क र फेससिल्डसहितका सामग्री महासंघका अध्यक्ष रमेश पौडेलले चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रदान गर्नुएको हो ।
कार्यक्रममा अध्यक्ष पौडेलले जोखिमका समयमा अग्रमोर्चामा रहेर काम गर्ने पत्रकारको सम्मानस्वरुप सामग्री दिइएको बताउनुभयो ।
चौतारीका अध्यक्ष बस्नेतले आफूहरूको सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको यात्रामा यस्ता भौतिक साथले जोखिममा खट्न बल पुग्ने बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष एवं ‘कोभिड, नो भीड’ अभियानका संयोजक पर्शुराम बस्नेतले विभिन्न अग्रमोर्चामा रहेकाहरूलाई सामग्री वितरण गरिएको र दोस्रो चरणमा खाद्यान्न वितरण गर्ने बताउनुभयो ।
प्रतिक्रिया