अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राससको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त

राससको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त


काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक (जिएम) मा पत्रकार सिद्धराज राई नियुक्त हुनु भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो ।

धनकुटाको शहिदभूमि गाउँपालिका निवासी राई विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । हाल उहाँ देखापढी डटकममा कार्यरत हुनुहुन्छ ।

यसअघि राईले नागरिक दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएका राई नेपाल पत्रकार महासंघको पूर्वाञ्चल सहसंयोजक एवं केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य भइसक्नुभएको छ ।