अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पाँचथरमा निषेधाज्ञा खुकुलो

पाँचथरमा निषेधाज्ञा खुकुलो


पाँचथर- कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ ।

आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो ।

बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ ।

सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरूले नियमित सेवा प्रवाह गर्ने तर घरघर पुगेर रकम सङ्कलन गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।