अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदै

अध्यक्ष ओलीको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदै


काठमाडौं- नेकपा एमालेको १०औँ महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेश सभा सचिवालय पनि भ्याकेटमा गएको छ । प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारबाही गरेको थियो ।

कर्णाली प्रदेशका चार जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारवाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।

एकतर्फी सुनुवाइका आधारमा भएको सो आदेश खारेजीको माग गर्दै ओली पक्षबाट आइतवार भ्याकेट निवेदन दिइएको थियो ।