काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई दुर्घटनामा जान नदिइने बताउनुभएको छ ।
माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटोमा हिँडाइने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।







प्रतिक्रिया