अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको मुद्दाको सुनुवाइ हुँदै


काठमाडौं- मन्त्रिपरिषद् पुनर्गठन संविधान विपरीत भएको भनि दायर मुद्दमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइ हुने तोकिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ सरकारको प्रधानमन्त्री भएको र उहाँले यसअघि दुई पटक गर्नुभएको मन्त्रिपरिषद पुनर्गठन असंवैधानिक भएको भन्दै सो कार्य रोक्न मुद्दा दायर गर्नुभएको थियो ।