अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर महानगरले भोलिदेखि ७७ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउने

ललितपुर महानगरले भोलिदेखि ७७ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउने


काठमाडौं । ललितपुर महानगरपालिकाले भोलिदेखि ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।

महानगरले सूचना जारी गर्दै भोलिदेखि दोस्रो मात्रामा खोप लगाउने भएको हो । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइने महानगरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

महानगरले ७७ वर्ष माथिका दुई हजार दुई सय २० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो । वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले मात्रै खोप लगाउन पाउने छन् ।

महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ ।

महानगरको सूचना :