काठमाडौं । अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप उपलब्ध गराउने भउको छ ।
अमेरिकाले नेपालसहित एसियाली देशहरूलाई १ करोड ६० लाख खोप उपलब्ध गराउने भएको हो । अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १ करोड ६० लाख खोप छुट्याइएको हो ।
यसमध्ये नेपालले कति पाउँछ भनेर चाहिँ छुट्याइएको छैन । सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जनाएको छ ।
यसअघि गत जेठ २० मा पनि अमेरिकाले नेपाललगायत एसियाली देशहरूलाई ७० लाख खोप दिने घोषणा गरेको थियो ।
प्रतिक्रिया