अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


काठमाडौं- काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका-७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।