अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भ्याकेट निवेदन : सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो

प्रधानमन्त्रीको भ्याकेट निवेदन : सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो


काठमाडौं- सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका चार जना सदस्यलाई अदालत बोलाएको छ ।

कर्णाली प्रदेश सभाका चार जना सदस्यको पद थमौती गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन (भ्याकेट) निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पनि बोलाएको हो ।

आफ्नै पार्टीको सरकारलाई साथ नदिएर फ्लोर क्रस गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले निलम्बन गरेको थियो । तर, जेठ २७ गते सर्वोच्चले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको कारबाहीले मान्यता नपाउने भन्दै पुनर्बहाली गरिदिएको थियो ।

पुनर्बहालीको निर्णयमा प्रधानमन्त्री ओलीले हिजो पुनरावलोकन निवेदन दिनुभएको छ ।