अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ४५२२ जनामा कोरोना, ४९५४ जना डिस्चार्ज

आज ४५२२ जनामा कोरोना, ४९५४ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन् ।

१२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । त्यस्तै, यो अवधिमा ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।