अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायालयको बारेमा जे भइरहेको छ ठीक भइरहेको छैन : महेश बस्नेत

न्यायालयको बारेमा जे भइरहेको छ ठीक भइरहेको छैन : महेश बस्नेत


काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउनुभएको छ । आज सर्वोच्चले मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ ।

सो फैसलापछि सामाजिक सञ्जालमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै नेता बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भनेअनुसार फैसला आएको आशंका व्यक्त गर्नु भएको हो ।

‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङमा आफूले प्राप्त गरेको विशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो,’ नेता बस्नेतले लेख्नु भएको छ, ‘यो फैसला पछाडि आम रूपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरू कि सेटिङ्गमा हुने गर्दछन्, कि न्यायलयहरूले सम्भाव्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गर्दछन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो ? जे भए पनि न्यायालयको बारेमा जे भइरहेको छ ठीक भइरहेको छैन ।’

राजनीति बिग्रता अराजकता फैलने उल्लेख गर्दै उहाँले न्यायालय बिग्रदा जनतामा निराशा प्रकट हुने बताउनुभएको छ ।

‘राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निराशा प्रकट हुने गर्दछ । त्यसैले सम्बन्धित सबै गम्भीर हुन आवश्यक छ,’ नेता बस्नेतले लेख्नु भएको छ, ‘जे होस् अन्तरिम अदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद् विघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्वीकार गरेको देखियो ।’