काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका मन्त्रीहरूलाई बालुवाटार बोलाउनुभएको छ । विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न उहाँले पदमुक्तभएका मन्त्रीहरूलाई बालुवाटर बोलाउनुभएको हो ।
विकसित राजनीतिक घटनाक्रम तथा सर्वोच्चको पछिल्लो आदेशका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो ।
आज सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । सर्वोच्चको मंगलबारको आदेशपछि संसद विघटनअघिका मन्त्रीसहित मन्त्रिपरिषद् पाँच सदस्यमा खुम्चिएको छ ।
प्रतिक्रिया