काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीति धारा दफाको गोलचक्करमा सीमित नहुने बताउनुभएको छ ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश दिएपछि सामाजिक सञ्जालमार्फत् उहाँले यस्तो बताउनुभएको हो ।
‘अति सरल कुरा नि राजनीति धारा दफाको गोलचक्करमा सीमित हुँदैन । ती विगत र वर्तमान हुन् । तर, राजनीति विगत, वर्तमान र भविष्य पनि हो,’ नेता बाँस्कोटाले लेख्नुभएको छ, ‘उत्पादन संघर्ष, सतहमा प्रकट हुने भिषण राजनीतिक टकरावबाट सिर्जना हुने नयाँ शक्ति सन्तुलनको समग्र प्रबन्ध चै राजनीतिले मात्र गर्छ है । इतिहासका निर्माता जनता हुन् ।’
प्रतिक्रिया