अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलामा भट्टराईको कटाक्ष : जान्नेलाई श्रीखण्ड,नजान्नेलाई खुर्पाको बिंड

सर्वोच्चको फैसलामा भट्टराईको कटाक्ष : जान्नेलाई श्रीखण्ड,नजान्नेलाई खुर्पाको बिंड


काठमाडौं -नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद विस्तारमा सर्वोच्च अदालतले गरेको फैसला ‘जान्नेलाई श्रीखण्ड,नजान्नेलाई खुर्पाको बिंड ’ जस्तो भएको बताउनुभएको छ ।
राती सामाजिक सञ्जालमा लेख्दै भट्टराईले यस फैसलाले एमालेको एकतालाई बल पुग्ने दाबी गर्नुभएको छ । फैसलालाई उहाँले पार्टी एकताका लागि उत्प्रेरणा मान्नु पर्ने बताउनुभएको छ । ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाइ त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ । बुझ्नुपर्नेलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ’ भट्टराईले लेख्नुभएको छ ।