रोल्पा- अविरल वर्षापछि गएको पहिरोमा परी रोल्पा नगरपालिका–९ लिउनमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।
घटनामा परी तीन जना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीया सुनमाया बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताउनुभयो । ‘घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ,’ सुवेदीले भन्नुभयो ।
प्रतिक्रिया