अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपडेट : एमाले स्थायी कमिटीको अनौपचारिक बैठक जारी

अपडेट : एमाले स्थायी कमिटीको अनौपचारिक बैठक जारी


काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको अनौपचारिक बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि बैठक चलिरहेको छ । निवर्तमान स्वास्थ्यमन्त्री तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम अदेशपछिको उत्पन्न वस्तुस्थितिबारेमा केन्द्रित भएर छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते दुई चरणमा विस्तार गर्नुभएको मन्त्रिपरिषदलाई मंगलबार सर्वोच्चको इजलासले बदर गर्ने अन्तरिम आदेश गरेको थियो । सो अदेशपछि उत्पन्न परिस्थति र अगाडि बढ्ने कार्यनीतिबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ नै पदमुक्त हुनुभएका मन्त्रीहरुसँग पनि छलफल गर्नुभएको थियो ।

बैठकमा स्थायी कमिटीका सदस्य तथा पदमुक्त हुनुभएका मन्त्रीहरुको समेत सहभागिता छ र सर्वोच्चले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिने यसअघि आदेश गरेपछि एमाले भ्याकेटमा गएको छ । सोबारे सर्वोच्चमा बहस जारी छ ।

बैठकमा एमाले संस्थापन पक्षका स्थायी कमिटी सदस्यहरु छविलाल विश्वकर्मा, केशव बडाल, डा. पुष्प कँडेल र शंकर पोखरेल अनुपस्थित हुनुहुन्छ ।

फाइल तस्बिर ।