काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई शारीरिक र मानसिक रूपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताउनु भएको छ ।
बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
उहाँले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हकसमेत नपाएको उल्लेख गर्नुभयो । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिलेकाहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उहाँले बताउनुभयो । त्यस्ता संस्थाहरूले कहिलेकाहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।
‘परिणाम स्वरूप नेपाली बालकाबालिका अभिभावकविहीन नहुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’, उहाँले भन्नुभयो । यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकालाई प्रयोग गर्ने कामसमेत भए । ‘कहिँ रित पुर्याएर त कहीगुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रूपले रोक्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध सरकारले गर्नेसमेत बताउनुभयो ।
अलग प्रशंगमा प्रधानमन्त्री ओलीले सरकारले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताउनुभयो ।
सन् २०२१ भित्रै सबै नागरिकहरूलाई खोप लगाइने जानकारी दिँदै उहाँले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया