अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

२७ गतेसम्मका लागि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

२७ गतेसम्मका लागि लुम्बिनी प्रदेशसभा बैठक स्थगित


बुटवल- लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ ।

आज बस्ने भनिएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयमा सूचना टाँस गर्दै प्रदेशसभाको दशौं बैठक १८ दिनको लागि स्थगित गरिएको छ ।

‘पूर्वसूचना अनुसार निर्धारित आठौं अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकोले आगामी दशौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रदेशसभा सचिवालयमा टाँस गरिएको सूचनामा उल्लेख गरिउको छ ।

अब असार २७ गतेसम्म मात्रै बैठक बस्ने छ । आइतबारको बैठक विपक्षी गठबन्धनको बहिस्कारपछि बुधबार बस्नेगरी स्थगित गरिएको थियो ।